विद्यालयको संक्षिप्त ऐतिहासिक पृष्ठभूमि
गुल्मी जिल्लाको सदरमुकाम देखि करिब २२ किलोमिटर उत्तर र समुद्रि सतहदेखि १४५६ मिटर उचाइमा वडागाउँ गा.वि.स.को केन्द्रविन्दुमा तथा शान्त मनमोहक र हरियाली स्वच्छ वातावरणमा अवस्थित यस श्री मुसिकोट माध्यमिक विद्यालय हाल मुसिकोट नगरपालिका वार्ड नं.- ४ अन्र्तगत पर्दछ । वि.सं. २०११ सालमा भारतिय भू.पू. सैनिकको पहलमा भारत सरकारको सहयोगबाट सर्वप्रथम नेपाल प्राथमिक विद्यालयको नामबाट स्थापना भएको त्यसपछि भगवति प्रा.वि.को नामबाट विद्यालयको नाम रहन गयो । सुरुमा कक्षा–१ देखि ३ सम्म अन्डर मेट्रिक शिक्षक र तिनीहरुको व्यक्तिगत अनुभवको आधारमा अध्यापन कार्य थालनी गरेको नेपाल प्रा.वि.ले वि.सं. २०४० सालमा कक्षा ४ र ५ को स्वीकृत प्राप्त गरे पश्चात आफ्नो नाम परिवर्तन गरी श्री मुसिकोट प्रा.वि.को नामबाट शिक्षाको ज्योती फैलाउन थाल्यो ।
लामो समयसम्म प्रा.वि. मै सिमित रहेको यस विद्यालय वि.सं. २०५१ साल देखि क्रमशः कक्षा ६, ७ र ८ संचालनको अनुमति लिइ, निजी स्रोतबाट कक्षा संचालन गर्दै आयो । आफ्नो दौतरी विद्यालय र आफू भन्दा धेरै पछाडी स्थापना भएका विद्यालयले समय परिवर्तनको दौडान सँगै थुपै्र काँचुली फेरी शैक्षिक र भौतिक क्षेत्रमा धेरै लामो फड्को मारिसक्दा पनि श्री मुसिकोट नि.मा.वि. आफ्नो आर्थिक र अन्य विविध कारणले नि.मा.वि. स्तरमै रहन बाध्य भयो ।
यो विद्यालय सुरुवात सजिलोसँग भएको होइन । तत्कालीन अवस्थामा आर्थिक विपन्नताले सरकारी अनुदान प्राप्त शिक्षकहरु नहुनुका कारण गाउँबाट चन्दा तथा मुठि उठाएर शिक्षकको भरणपोषण गर्नुपर्ने हुन्थ्यो । विद्यालय व्यवस्थापन पक्ष र सञ्चालक समितिलाई विद्यालयको भौतिक पूर्वाधार, आर्थिक पक्षका साथै शिक्षकहरुको बन्दोवस्त गर्न समेत सजिलो थिएन । स्थानिय स्तरमै पढेलेखेका दक्ष जनशक्ति नहुनुको कारण अन्यत्रबाट शिक्षकहरु ल्याउनुपर्ने बाध्यता थियो । ठिक यसै मुताविक यस विद्यालयको सन्दर्भमा तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री चिनाबहादुर सिँह, सदस्य युक्त बहादुर सिँह, देव वहादुर थापा, भिवबहादुर सिँह, विष्णुबहादुर थापा लगायत अन्य सदस्यहरु प्र.अ. श्री श्यामबहादुर थापा शिक्षक वावुराम शर्मा, शिक्षक पूर्णबहादुर थापा बगाले मगर, शिक्षक श्री ज्ञानिश्वर आचार्य, शिक्षक श्री शिवबहादुर सिँह र पृथ्वी मा.वि.का शिक्षक तथा स्थानीय अभिभावक गुप्तबहादुर कार्की, भू.पू. शिक्षक ओम बहादुर सिँह लगायत सम्पूर्ण सरोकारवालाहरुको सक्रियतामा वि.सं. २०६४ सालमा बृहत आम अभिभावक भेलाको दृढ संकल्प र स्थानीय व्यक्तिहरुको चन्दा सँकलनबाट, दुवैको पराकण्ठाको रुपमा वि.सं. २०६५ साल १२ महिना ३१ गते क्षे.शि.नि. बाट कक्षा ९ सम्म चलाउने अनुमति प्राप्त गरी लामो समयसम्म कुपोषणबाट ग्रसीत यस विद्यालय श्री मुसिकोट मा.वि.को नामबाट परिचित हुन थालेको हो । वि.सं. २०६६ साल देखि एस.एल.सी. परिक्षामा सम्मिलित भै शैक्षिक सत्र २०७७ साल सम्म लगनशिल शिक्षक, जो आफु जलेर खरानी भै अरुलाई वासना दिने मेहनती, कर्मठ, निष्ठावान र लगनशील विद्यार्थीको फलस्वरुप अहिले सम्म सन्तोषजनक परिणा लिन सफल भै विद्यालयले आफ्नो नाम माथि इज्जत, मान, प्रतिष्ठा कमाउदै गएको सर्वविदितै छ । यस एस.एल.सी. नतीजालाई १०० % बनाउने हाम्रो दृढ संकल्प छ ।
अन्त्यमा यस विद्यालयको भावि रणनीति स्थानिय व्यक्ति, सम्बन्धित निकाय, शिक्षक कर्मचारी र अन्य व्यक्तिहरुको सहयोग प्राप्त भएको खण्डमा आगामि वर्षहरुमा +२ स्थापना गरी स्थानीय स्तरमै विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्ने यस विद्यालयको दृढ संकल्प रहेको छ ।
0 Comments:
Post a Comment